अन्तरविद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३

Spread the love

राइजिङ लायन्स स्पोर्ट क्लबद्वारा अन्तरविद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना

गलकोट, बागलुङ।

राइजिङ लायन्स स्पोर्ट क्लब, गलकोट नगरपालिका–३, हटिया, बागलुङले माध्यमिक तह (कक्षा ९ देखि १२) का विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरविद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८३ साल साउन १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने क्लबले जनाएको छ।

यो प्रतियोगिता नव प्रभात विद्यालय (Nawa Pravat School – NPS) सँगको समन्वय तथा सहयोगमा आयोजना हुन लागेको हो। विद्यालय र खेलकुद संस्थाबीचको सहकार्यले विद्यार्थीहरूमा खेल संस्कृतिको विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

यस प्रतियोगिताको उद्देश्य विद्यालयस्तरमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गर्नु, भलिबल खेलप्रतिको आकर्षण बढाउनु तथा अनुशासित र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु हो। प्रतियोगितामा क्षेत्रका विभिन्न विद्यालयहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ३०,३३३ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी द्वितीय हुने टोलीले रु. १५,५५५ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना प्रशिक्षक (कोच)१ जना टोली व्यवस्थापक (म्यानेजर) रहने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यालयहरूले रु. ३,००० दर्ता शुल्क तिर्नुपर्नेछ।

टोली दर्ताको अन्तिम मिति २०८३ साउन १७ गते बिहान १०:०० बजेसम्म तोकिएको छ। प्रतियोगिताको उद्घाटन २०८३ साउन १५ गते हुनेछ भने समापन २०८३ साउन १७ गते गरिनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू गलकोट नगरपालिका–३, तल्लो लमाई मा सञ्चालन हुनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई Best Player, Best Spiker, Best Setter, Best Libero तथा Best Coach विधामा विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता नकआउट प्रणाली (Knockout System) अनुसार सञ्चालन हुनेछ। सबै खेलाडीले Full Jersey Set अनिवार्य रूपमा लगाउनुपर्नेछ। खेल अवधिभर अनुशासन, खेल भावना तथा आपसी सम्मान कायम राख्नुपर्नेछ। निर्धारित समयमा उपस्थित नभएको टोलीलाई आयोजकले Walkover दिन सक्ने व्यवस्था पनि गरिएको छ।

प्रतियोगितामा सहभागी विद्यालयहरूले विद्यालयको सिफारिस पत्र तथा EMIS सम्बन्धी आवश्यक विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८४०७५२२६९, ९८४६७१९५७८ वा ९७६४५४१४१४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

राइजिङ लायन्स स्पोर्ट क्लबले नव प्रभात विद्यालय (NPS) सँगको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूलाई उत्साहपूर्वक सहभागी भई विद्यालयस्तरीय खेलकुदको विकासमा योगदान पुर्‍याउन हार्दिक अनुरोध गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top