दोस्रो अन्तर विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा नव प्रभात स्कुल उप-विजेता
अन्तर विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा नव प्रभात स्कुल (हामी) उप-विजेता बन्न सफल भएका छाै ।
द कल्चरल डान्स एकेडेमी गलकोटको आयोजनामा सञ्चालित दोस्रो अन्तर विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता न्यू लाईफ बोर्डिङ स्कुल गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले यस किसिमको प्रतियोतिाले समग्र गलकोटको संस्कृतिलाई संरक्षण गरेर अगाडि बढाउने बताउनुभयो । उहाँले कला र संस्कृतिको संरक्षण गरेमा यस ठाउँको गौरव उच्च हुने बताउँदै सबै मिलि लोक संस्कृतिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
दोस्रो अन्तर विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिगतामा न्यू ओयसिस एकेडेमी बागलुङ प्रथम, नव प्रभात स्कुल द्वितिय र न्यू लाईफ बोर्डिङ स्कुल तृतिय भएको निर्णायक मण्डल संयोजक रोमन घमालले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमशः ४० हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र, द्वितिय हुने समुहले २५ हजार ५ सय २५ ट्रफि, मेडल र प्रमाणपत्र, तृतिय हुने समुहले २० हजार २ सय २२ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रम द कल्चरल डान्स एकेडेमीका अध्यक्ष निशान बि.क. को अध्यक्षता, एकेडेमीका विद्यार्थीहरुको स्वागत नृत्य र विष्णु बि।क को सञ्चालनमा सम्पन्न भएको थियो ।



