बाल दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम

वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा जीवन गुमाउनुभएका अमूल्य आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्न नव प्रभात स्कुल परिवारले विशेष कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विद्यालय परिसरमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मौन धारण गरियो। विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारले सामूहिक रूपमा भ्रष्टाचारविरुद्ध दृढ सङ्कल्प व्यक्त गर्दै न्याय र पारदर्शी समाज निर्माणमा आफ्नो योगदान दिने प्रतिज्ञा पनि गरियो ।

बाल दिवसको अवसरमा आयोजित यस कार्यक्रमले बालबालिकालाई समाजप्रतिको दायित्वबोध, असल नागरिक बन्ने संकल्प र अन्यायविरुद्ध आवाज उठाउन प्रेरणा दिएको छ।

विद्यालय परिवारले जीवन गुमाउनुभएका महान आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top