नव प्रभात स्कुलबाट प्रतिनिधित्व गरेकाे क्लब, पुरुष फुटबल प्रतियोगितामा विजयी ।
गलकोट, बागलुङ। धर्म पोखरी युवा समाज, गलकोट नगरपालिका–११, रिघाको आयोजनामा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३ मा युथ युनियन क्लब, हटिया ले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि हात पारेको छ। प्रतियोगिताको फाइनल खेलमा प्रभावशाली प्रदर्शन गर्दै युथ युनियन क्लब विजेता बन्न सफल भएको हो।
उपाधिसँगै विजेता टोलीले रु. १,००,१११ नगद पुरस्कार, आकर्षक ट्रफी, पदक र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा स्थानीय खेलाडीहरूबीच प्रतिस्पर्धी खेल देखिएको थियो। आयोजकले खेलकुदमार्फत युवाहरूमा अनुशासन, सहकार्य र आपसी सद्भाव बढाउने उद्देश्य राखेको बताएका छन्।
यस सफलतामा नव प्रभात स्कुल, गलकोट नगरपालिका–३, बागलुङका विद्यार्थी खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। युथ युनियन क्लब हटियाको प्रतिनिधित्व गर्दै विद्यालयका विद्यार्थी खेलाडीहरूले टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
विजेता टोलीमा विशाल उप्रेती, सन्दिप सुनार, रेशम लामा, प्रशान, रिवाज भण्डारी, रितिक थापा, सुभाष बोहोरा र अनिल परीयार लगायतका खेलाडीहरू सहभागी थिए। उपलब्ध टोली विवरणअनुसार प्रतियोगितामा युथ युनियन क्लबबाट कुल १५ जना खेलाडी सहभागी भएका थिए।
विद्यालयमा अध्ययनसँगै खेलकुदमा समेत सक्रिय विद्यार्थीहरूको यस उपलब्धिले नव प्रभात स्कुल परिवारलाई गौरवान्वित बनाएको छ। विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकासका साथै खेलकुद, नेतृत्व, अनुशासन र व्यक्तित्व विकासमा पनि निरन्तर प्रोत्साहन गर्दै आएको छ।
युथ युनियन क्लब हटिया र नव प्रभात स्कुलसँग जोडिएका खेलाडीहरूलाई यो सफलतामा धेरै बधाई छ। आगामी प्रतियोगिताहरूका लागि शुभकामना।
Achievements
नव प्रभात स्कुलबाट प्रतिनिधित्व गरेकाे क्लब, पुरुष फुटबल प्रतियोगितामा विजयी
धर्म पोखरी युवा समाज, गलकोट नगरपालिका–११, रिघाको आयोजनामा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३ मा युथ युनियन क्लब, हटिया ले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि हात पारेको छ।