About Nawa Pravat School
A supportive learning environment focused on knowledge, character, creativity and practical skills.
हाम्रो बारेमा
वि.सं. २०६८ सालमा स्थापित नव प्रभात स्कूल (NPS) अन्तर्गतको यो स्कूल चिरकालदेखि शिक्षा क्षेत्रमा समर्पित एवं सु-परिचित शिक्षाविद्हरूको निर्देशन र नेतृत्वमा सञ्चालित स्कूल हो । औपचारिक शिक्षा मात्र नभई भविष्यमा सी.टी.ई.भी.टी. बाट सम्बन्धन प्राप्त गरी टेक्निकल कलेज र प्राविधिक शिक्षा समेत प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु पनि यस शैक्षिक संस्थाको लक्ष्य रहेको छ ।
यो शैक्षिक संस्था गलकोटमा अवस्थित सात रोपनी जग्गामा फैलिएको छ । भूकम्प प्रतिरोधी शैक्षणिक भवन एवं स्वच्छ, शान्त र रमणीय वातावरणसहितका प्रशस्त भौतिक पूर्वाधारहरूले सम्पन्न यस विद्यालयमा बाल मैत्रीपूर्ण वातावरणमा शिक्षण कार्य गरिन्छ । आफ्ना भावी सन्ततिका लागि सकारात्मक ऊर्जाका साथ भौतिक संसारको सम्यक् बोध गराउने खालको शैक्षिक व्यवस्था गर्नु आधुनिक शिक्षाको अर्को महत्त्वपूर्ण पक्ष भएकोमा नव प्रभात स्कूल निःसन्देह छ । शिक्षा क्षेत्रका विशिष्ट महानुभावहरूको व्यक्तिगत संलग्नता एवं योग्य शिक्षण समूहको निरन्तर सहकार्यलाई यस विद्यालयले आफ्नो सफलताको कडी मानेको छ ।
यस विद्यालयको शिक्षण समूह विद्यालयको वार्षिक शैक्षिक योजनानुसारको अध्यापनका साथमा अतिरिक्त क्रियाकलापमा छात्र वर्गको अनिवार्य सहभागिताका लागि समेत प्रतिबद्ध छ । विद्यार्थीहरूलाई सामुदायिक कार्य, वृक्षारोपण, शैक्षिक भ्रमण, दैनिक योग कक्षा, संगीत, नृत्य, काष्ठकला, चित्रकला र खेलकुद (ब्याडमिन्टन, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस) आदिमा अभ्यस्त गराउनुका साथै जीवनोपयोगी विविध सीपहरूको ज्ञान दिने व्यवस्था समेत नव प्रभात स्कूलले गरेको छ । विद्यार्थीको समग्र हित एवं सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर विद्यालय परिसरमै व्यवस्थित पुस्तकालय, अत्याधुनिक कम्प्युटर ल्याब, स्वच्छ र स्वास्थ्यानुकूल चमेनागृहको व्यवस्था गरिएको छ ।
विद्यार्थीहरूलाई पूर्ण रूपमा शैक्षिक परिवेश दिनका लागि अर्ध र पूर्ण आवासीय सुविधाको समेत नव प्रभात स्कूलले व्यवस्था मिलाएको छ । विद्यार्थीहरूको प्रभावकारी शिक्षण एवं अतिरिक्त क्रियाकलापको समेत पूर्ण अभ्यासका लागि नव प्रभात स्कूलले सबैका लागि अनिवार्य दिवा–आवासीय शिक्षणको सिद्धान्तलाई आत्मसाथ गरेको छ । यस्तो व्यवस्थाबाट मात्र समग्रता दक्ष जनशक्तिको उत्पादन सम्भव हुने कुरामा हाम्रो विश्वास छ ।
Our Mission
To provide meaningful and quality education that develops students' knowledge, skills, confidence and sense of responsibility while preparing them for further education and life.
Our Vision
To create a learning community where every student has the opportunity to learn, grow, discover their potential and become a responsible and capable member of society.
Our Academic Focus
Developing knowledge and practical skills for the future.
Quality Education
We focus on strong academic foundations and effective teaching and learning.
Computer Science
Students develop digital literacy, logical thinking, programming knowledge and practical computing skills.
Hotel Management
Students gain knowledge and practical understanding of hospitality and hotel management.
Learning Environment
Supporting students both inside and outside the classroom.
Technology Enabled Learning
Technology is used to make teaching and learning more engaging and practical.
Practical Learning
Students are encouraged to connect classroom knowledge with practical activities.
Supportive Teachers
Teachers work to provide guidance and support according to students' learning needs.
Student Development
We encourage communication, creativity, confidence, discipline and responsible participation.
Learn More About Our School
Explore our latest news, notices, assignments and other school information.
Contact Us